जेनजी आन्दोलनमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका जनप्रतिनिधि काममा फर्किए
सारांश
- कैलालीका दुई जनप्रतिनिधिले जेनजी आन्दोलनका कारण राजीनामाको घोषणा फिर्ता लिएका छन्।
- टीकापुर र कैलारीका जनप्रतिनिधिले ज्यान मार्ने धम्की र आगजनीको त्रासले राजीनामा दिएको बताए।
- आन्दोलनकारीको धम्कीपछि राजीनामा दिएका जनप्रतिनिधि काममा फर्किएका छन्।
धनगढी । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका कैलालीका दुई जनप्रतिनिधिले आफ्नो निर्णय फिर्ता लिएका छन् ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले प्रदर्शनकारीबाट ज्यान मार्ने धम्की र आगजनीको त्रासका कारण आफूहरूले राजीनामा घोषणा गर्न बाध्य भएको बताउँदै हाल काममा फर्किसकेको जानकारी गराएका छन् ।
कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा आफ्नो घरमा तोडफोड र आगजनी भएको र राजीनामा नदिए ज्यान मार्ने धम्की आएपछि भदौ २४ गते सामाजिक सञ्जालबाट पद र पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘कैलारी गाउँपालिकाका सार्वजनिक तथा निजी सम्पत्ति संरक्षणका लागि कैलारीवासी दाजुभाइ, दिदीबहिनी, गाउँसभा सदस्य, राजनीतिक दलबाट राजीनामा फिर्ता लिन अनुरोध भएको हुँदा उक्त राजीनामा फिर्ता लिइएको जानकारी गराउन चाहन्छु,’ चौधरीले विज्ञप्तिमार्फत भनेका छन् ।
उनले गाउँपालिकाको नियमित कामलाई अगाडि बढाउन सहयोग र समन्वयका लागि सबैलाई अपिलसमेत गरेका छन् ।
यस्तै, टीकापुर नगरपालिकाका प्रमुख थारुले पनि प्रदर्शनकारीको धम्कीका कारण आफूले बाध्य भएर फेसबुकबाट राजीनामा घोषणा गर्नुपरेको जिकिर गरेका छन् ।
‘राजीनामा नदिए टीकापुर नगरपालिका पनि जलाइदिन्छु भन्ने धम्की आयो, सम्भावित क्षति कम गर्नका लागि मैले बाध्य भएर राजीनामा दिएको हुँ,’ उनले भने । आफ्नो राजीनामा आधिकारिक रूपमा कतै पनि दर्ता नगरिएको हुनाले आफू काममा फर्किसकेको उनले स्पष्ट पारे ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कैलालीका विभिन्न स्थानमा सरकारी कार्यालय र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी भएका थिए । आन्दोलनका क्रममा आफूहरूमाथि धम्की तथा दबाब आएको जनप्रतिनिधिहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण