सहिदको बलिदान खेर नजाओस् : सुनिता डंगोल
सारांश
- उपप्रमुख सुनिता डंगोलले सहिदको बलिदानलाई बिर्सन नहुने बताइन्।
- उनले सहिदको रगतले लेखेको इतिहासलाई बिर्सन नसकिने उल्लेख गरिन्।
- डंगोलले विगतका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताइन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सहिदले लेखेको इतिहासलाई बिर्सन नसकिने बताएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डंगोलले यस्ताे बताएकी हुन् । उनले सहिदको बलिदान खेर जान नहुने समेत बताइन् ।
उनले भनिन्,'सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो।'
जेनजी प्रदर्शनमा ज्यान गुमाएका परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने समेत उनले बताइन् ।
जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन आक्रोश मात्र नभई परिवर्तनको माग समेत भएको बताइन्। आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष, सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक रहेको समेत बताइन् ।
दलहरूले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको डंगाेलले बताइन् ।
गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरुले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण