जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई सोध्यो तीन दिने स्पष्टीकरण
काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न जनमत पार्टीको अनुशासन समितिले बिहीबार स्पष्टीकरण सोधेको हो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् केन्द्रीय अनुशासन समितिका संयोजक ई. नरेन्द्र प्रसाद चौधरीद्वारा सोधिएको स्पष्टीकरणमा भनिएको छ,'जनमत पार्टी मधेस प्रदेश संसदीय दलले प्रदेशको सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेस सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहित आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको र तपाईँ स्वयंले फेसबुकमार्फत राजीनामा दिएको हुँदा सोको अवहेलना भएको छ ।’
मुख्यमन्त्री पदबाट राजीनामा नदिएको उल्टा अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरीतका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पुर्याएको आरोप लगाउँदै जनमत पार्टीको अनुशासन समितिले तीनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
पत्रमा भनिएको छ, ‘तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो तीन दिनभित्र स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’
जेनजीको आन्दोलन सुरु भएपछि मुख्यमन्त्री सिंहले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको निर्देशनमा फेसबुकमार्फत राजीनामा दिएका थिए । तर पछि आन्दोलन साम्य भएपछि उनी सो राजीनामाबाट पछाडि हटेका थिए ।
संसदीय दलको निर्देशनलाई मुख्यमन्त्री सिंहले अटेरी गरेपछि जनमत पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
मधेस प्रदेशको संसदीय दलले आज साधारण सदस्य समेत नरहने गरी सिंहलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेपछि पार्टीले सो स्पष्टीकरण सोधेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण