युक्रेन–बेलायत साझेदारी सम्झौतामा के भन्छन् जेलेन्स्की ?
किभ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायतका राजा चार्ल्स तृतीय र बेलायतलाई उनीहरूको निरन्तर समर्थनको लागि धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै उनले लेखेका छन्, ‘म राजा चार्ल्स तृतीयलाई उनको बलियो समर्थनका लागि गहिरो कृतज्ञता व्यक्त गर्दछु । युक्रेनले संयुक्त अधिराज्यको बलियो र स्पष्ट अडानलाई धेरै महत्त्व दिन्छ ।’
युरोप एक पटक फेरि खतरामा भएकोले सबै देशहरू बलियो भएर उभिनुपर्ने पनि उनले बताए ।
बेलायतले धेरै मोर्चामा स्वतन्त्रताको रक्षाको नेतृत्व गरिरहेको अनि बेलायत, युरोपेली साझेदारहरू र अमेरिकाजस्ता देशहरूले मिलेर मूल्यमान्यताहरूको रक्षा गर्न र जीवन बचाउन सँगै काम गरिरहेको पनि पोस्टमा उनले लेखेका छन् ।
युक्रेन र बेलायतबिच १०० बर्से साझेदारी सम्झौतालाई अनुमोदन गर्ने कानुनमा हस्ताक्षर गर्नु आफ्ना लागि सम्मानको कुरा भएको पनि जेलेन्स्कीले बताए । युक्रेनी संसद्ले यो सम्झौतालाई ठुलो बहुमतले पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण