सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार
काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौंले उपभोक्तालाई आकर्षित गर्नेगरी विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ अन्तर्गत ग्राहकलाई विदेश भ्रमणदेखि हात खाली नजाने गरी विभिन्न उपहार उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार सोफा वा अन्य फर्निचर खरिद गर्ने ग्राहकमध्ये १० जना भाग्यशालीले चिठ्ठामार्फत निःशुल्क थाइल्यान्ड भ्रमण पाउनेछन्। बाँकी ग्राहकले भने छुट, ग्यारेन्टी, निःशुल्क सेवा तथा ‘Scratch Card योजना’मार्फत उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
सोफा हबका सञ्चालक तारा धरेलका अनुसार ग्राहकलाई हात खाली नहोस् भन्ने उद्देश्यले यसपालि विशेष योजना ल्याइएको हो। ३५ हजार रुपैयाँको सोफा खरिद गर्ने ग्राहकले सोही मूल्य बराबरको फ्रिज उपहार पाउनेछन्। साथै Scratch कार्डमार्फत फ्रिज, बिजुलीको केतली, भात पकाउने भाँडो, हिटर, तातो–चिसो दुवै पानी राख्ने बोतल लगायतका उपहार जित्ने अवसर पनि हुनेछ।
यसैगरी, कम्पनीलाई टिकटक, फेसबुक, इन्स्टाग्राम वा युट्युबमा पछ्याउनेमध्ये एक जना भाग्यशाली विजेताले ६५ हजार रुपैयाँ मूल्य बराबरको सोफा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको छ।
छुट, ग्यारेन्टी तथा अन्य सुविधा
- अफर अवधिभर ग्राहकले अतिरिक्त सुविधा पाउनेछन्।
- नेपालभर निःशुल्क सामान डेलिभरी
- फर्निचरमा ५० प्रतिशतसम्म छुट
- खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी
- ग्यारेन्टी अवधिभित्र समस्या देखिएमा मर्मत वा प्रतिस्थापन सुविधा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण