बिल भरपाई बिनाका सुनचाँदी खरिद बिक्री नगर्न प्रहरीको आग्रह
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बिना बिल भरपाईको सुनचाँदीको गरगहना तथा कुनै पनि सामग्री खरिद बिक्री नगर्न गराउन व्यापारीवर्ग लाई आग्रह गरेको छ ।
बिहीबार जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
गत भदौ २३ र २४ गते जेनजीका किशोर किशोरीहरू विभिन्न माग राखी आन्दोलन तथा प्रदर्शन गर्ने क्रममा रौतहट स्थित विभिन्न सरकारी तथा निजी भवन, व्यापारी भवन, बैंक वित्तीय संस्था लगायतका संरचनामा रहेको कागजात, ऐतिहासिक दस्ताबेज, बहुमूल्य गरगहना , हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट भएको थियो ।
लुटिएका उक्त सामान गरगहना विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएको तथा सो सम्बन्धी जिल्ला प्रहरी कार्यालय रौतहटले सो सम्बन्धी अनुसन्धान सुरु गरेको छ ।
त्यस्ता सामानहरू बिक्री वितरण गर्न जुनसुकै पसलमा ल्याउन सक्ने हुँदा बिना बिल भरपाईको सुनचाँदीको गरगहना तथा कुनै पनि सामग्री खरिद बिक्री नगर्न गराउन सूचना मार्फत आग्रह गरेको छ ।
गरगहना लगायत कुनै सामान बिक्री वितरण गरिरहेको कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न भनिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण