आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दोलित, गाउँपालिकामा तोडफोड

बिहीबार, ०२ असोज २०८२, १८ : ५७
बिहीबार, ०२ असोज २०८२

काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दाेलित भएका छन् । 

जलविद्युतको सेयर १० प्रतिशत स्थानीयलाई दिने भनिएपनि नदिएको भन्दै आन्दोलित स्थानीयहरूले भोटेकोसी गाउँपालिका कार्यालयमा बिहीबार तोडफोड गरेका छन् । 

जलविद्युत प्रभावित क्षेत्रका एक स्थानीयका अनुसार पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्थानीयलाई गुण्डा लगाएर हटाउन खोजेसँगै स्थानीय आक्रोशित भएको बताए । 

स्थानीयहरुले टायरमा आगो बालेर गाउँपालिकामा आगजनी प्रयास समेत गरेका छन् । स्थानीयहरूले जेनजी आन्दोलनको क्रममा १० दिनसम्म पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । 

उत्पादन सुचारु गराउन कम्पनीले हालै गाउँपालिका अध्यक्ष शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेर स्थानीयलाई बाइपास गरेको भन्दै स्थानीय आक्रोशित भएको उनले बताए । 

४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत् उत्पादन सुरु भएपनि स्थानीयलाई प्रतिबद्धता अनुसार सेयर वितरण नभएको भन्दै विवाद हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप