बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

रास्वपाले जेनजीलाई मतदानमा सहभागी गराउन अन्तर्राष्ट्रिय रूपमै अभियान सञ्चालन गर्ने

बिहीबार, ०२ असोज २०८२, २० : ५३
बिहीबार, ०२ असोज २०८२

सारांश

  • रास्वपाले मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाउने निर्णय गर्यो।
  • प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली अनलाइनबाट दर्ता गर्न र बायोमेट्रिक सेवा उपलब्ध गराउन प्रस्ताव गर्ने निर्णय भयो।
  • रास्वपाले 'सद्भाव तथा सहकार्य अभियान' सुरु गर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा सरकारको चासोलाई स्वागत गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । 

त्यस्तै प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास/कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्ने निर्णय बैठकले गरेको प्रवक्ता झाले बताए । 

गत भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनपछिको संवेदनशील विषयलाई केन्द्रमा राख्दै “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने निर्णय समेत बैठकले गरेको छ । समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले उक्त अभियान प्रारम्भ गर्ने निर्णय गरेको हो । 

त्यस्तै पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र  बाचापत्रको प्रमुख मुद्दा “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” प्रति वर्तमान सरकारले देखाएको चासोलाई स्वागत समेत गरेको छ । 

पार्टी आफैले उठाएको मुद्दा र  यस प्रक्रियाको ब्लुप्रिन्ट पार्टीसँग भएका कारणले यस सम्बन्धमा पार्टी अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहने रास्वपाले जनाएको छ । 

'पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा गर्ने प्रस्ताव गरिएको छ,'प्रवक्ताले भने । 

पार्टीको केन्द्रीय समितिको बैठक असोज ७ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप