देउवाको सचिवालयले भन्यो– निवासमा पैसाको सुरूङ्ग छैन
सारांश
- शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले ध्यानाकर्षण जनाएको छ।
- देउवा निवासमा पैसाको सुरूङ्ग नभएको र सामाजिक सञ्जालमा फैलिएका हल्लामा सत्यता नभएको स्पष्ट पारिएको छ।
- सचिवालयले सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूप्रति ध्यानाकर्षण भएको बताए । देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग नभएको समेत स्पष्ट पारिएको छ ।
स्वकीय सचिव देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि साङ्घातिक आक्रमण भएको हो ।तर त्यस्तो जघन्य आपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'
जेनजीको आन्दोलनलाई धमिलो बनाई आआफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता आपराधिक क्रियाकलाप भएकोप्रति भर्त्सना गरिएको छ ।
सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता बदनाम गराउने उद्देश्यले विशेष गरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारिएको छ ।
गत भदाै २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरूद्ध आन्दाेलन गरेका थिए । साे क्रममा देउवा दम्पत्तिमाथि भाैतिक आक्रमण भएकाे थियाे ।
- विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु ।
- जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौँ ।
- यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण