बागमतीका प्रदेश प्रमुख देवकोटाको आह्वान : वर्तमान क्षतिलाई परिपूर्ति गर्दै एकताका साथ अघि बढौँ
सारांश
- बागमती प्रदेश प्रमुख देवकोटाले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको बताए।
- उनले संविधानको रक्षा र कार्यान्वयनका लागि सबै पक्ष एक हुनुपर्ने कुरामा जोड दिए।
- संविधानले विभेदको अन्त्य गरेको र राष्ट्रिय एकतामा जोड दिएको उनको भनाइ छ।
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको बताएका छन् । उनले हालैका आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्नेगरी आगामी कदम चाल्नुपर्नेमा जोड दिए ।
दशौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानको रक्षा र कार्यान्वयनका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्ने बताए ।
संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उनले बताए । जातीय, भाषिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकतामा आबद्ध गर्नेका संविधानले गरेको उनको भनाइ छ ।
विगत १० वर्षमा लोकतन्त्रको संस्थागत विकासका लागि धेरै काम भएको बताउँदै उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूबिच उच्चतम समझदारीको आवश्यकता अझै पनि रहेको औँल्याए । प्रदेश प्रमुख देवकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि सरोकारवाला सबैलाई आआफ्नो स्थानबाट पहलकदमी लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण