शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनका माग जायज, तर अराजकता अस्वीकार्य : कांग्रेस बागमती प्रदेश

शुक्रबार, ०३ असोज २०८२, ०८ : २०
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • नेपाली कांग्रेस बागमती प्रदेश समितिले भ्रष्टाचार विरोधी आन्दोलनका मागहरूलाई सकारात्मक मानेको छ, तर अराजक गतिविधि अस्वीकार्य रहेको जनाएको छ।
  • कांग्रेसले राज्यका अंगहरूमाथिको प्रहार र सार्वजनिक सम्पत्तिको तोडफोडलाई अस्वीकार गरेको छ।
  • कांग्रेसले सुशासन र विकासमा जनअपेक्षा पूरा नहुँदा निराशा बढेको र भ्रष्टाचार अन्त्यको माग जायज भएको जनाएको छ।

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले हालै भइरहेका भ्रष्टाचारविरोधी आन्दोलनका मागहरू सकारात्मक भए पनि त्यसको आडमा भइरहेका अराजक र हिंस्रक गतिविधि अस्वीकार्य भएको बताएको छ। 

राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र राष्ट्रपति कार्यालयजस्ता राज्यका सर्वोच्च अङ्गहरूमाथि हुने प्रहार तथा सार्वजनिक सम्पत्ति तोडफोडलाई सामान्य रूपमा लिन नसकिने समितिले स्पष्ट पारेको छ।

संविधान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै समितिले संविधान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै संविधान जारी भएको एक दशकमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भए पनि कानुन निर्माणको अभावमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरेको जनएको छ ।

'सुशासन र विकासमा जनअपेक्षा पूरा हुन नसक्दा निराशा बढ्नु स्वाभाविक हो र भ्रष्टाचार अन्त्यको माग जायज छ। तर, आन्दोलनका नाममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुऱ्याउने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनैपर्छ।' प्रदेश सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

1000036845

 

संवैधानिक सर्वोच्चताको रक्षाका लागि कांग्रेस निरन्तर लडिरहने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

बदलिँदो परिस्थितिमा पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड कांग्रेसले दिएको छ । संविधानले दिएका अधिकारको संरक्षण गरी जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई कर्तव्यनिष्ठ हुन कांग्रेसले आह्वान गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप