लक्ष्मी टेक्नोप्लास्टले तीन महिनासम्मको आफ्नो बिक्रीको १ प्रतिशत पुनर्निर्माणका लागि योगदान गर्ने
शुक्रबार, ०३ असोज २०८२, १२ : २५
काठमाडौँ। हालैका आन्दोलनका क्रममा देशका विभिन्न भौतिक संरचनामा भएको ठूलो क्षतिको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने घोषणा गरेको छ।
ओम शिवम पाइप्स एन्ड फिटिङ्स र मेरीगोल्ड फर्निचरको मातहतमा रहेको यस कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्रीको १ प्रतिशत रकम राष्ट्र पुनर्निर्माणका लागि योगदान गर्ने घोषणा गरेको हो।
‘हाम्रा संरचना हामी आफैं बनाउँछौँ’ भन्ने राष्ट्रिय भावनालाई आत्मसात् गर्दै कम्पनीले यो अभियान सुरु गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण