कांग्रेस बैठक
नेपाली कांग्रेसको निष्कर्ष : जेनजी आन्दोलनमा घुसपैठ गरी सम्पत्ति जलाइयो
शुक्रबार, ०३ असोज २०८२, १३ : ४६
सारांश
- नेपाली कांग्रेसले जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ।
- केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगजनीमा संलग्नहरूले अर्बौँको सम्पत्ति जलाएको जनाएको छ।
- कांग्रेसले आगजनी गर्ने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
काठमाडौँ। नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा घुसेका तत्त्वहरूले नै अर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको जनाएको हो।
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ। घुसपैठ गर्नेहरूले खर्बौँको सार्वजनिक र निजी सम्पत्ति जलाएका छन्।’ बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।
आन्दोलनका क्रममा नेपाली कांग्रेसका अधिकांश कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी भएको थियो। बैठकले यस्ता घटनाको निन्दा गरेको सहमहामन्त्री यादवले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण