बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु, मोटरसाइकल र स्कुटरमा अफरै अफर

शुक्रबार, ०३ असोज २०८२, १६ : ४१
शुक्रबार, ०३ असोज २०८२

काठमाडौँ। नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।

असोज ३ देखि ८ गतेसम्म चल्ने यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरलाई नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्नेछन्।

योजनाका मुख्य विशेषताहरू

  • पुरानो सवारीको उच्च मूल्यांकन: कार्यक्रममा २२ भन्दा बढी भ्यालुएटर्समार्फत पुरानो सवारी साधनको उच्चतम् मूल्यांकन गराइनेछ। साथै, ग्राहकले थप १०,००० रुपैयाँसम्मको मूल्यांकन पाउनेछन्।
  • आकर्षक छुट र उपहार: यस अफरमा आकर्षक नगद छुट, फ्रि एक्सेसरीज, र अन–द–स्पट फाइनान्सको सुविधा उपलब्ध हुनेछ।
  • लक्की ड्रमा ५०,००० सम्म जित्ने मौका: सहभागी ग्राहकले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५०,००० रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन्।
  • नयाँ चेतक स्कुटरको अनुभव: कार्यक्रममा 'चेतक एक्सपिरियन्स जोन' पनि रहनेछ, जहाँ ग्राहकले बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सक्नेछन्।
  • सरल फाइनान्स सुविधा: ग्राहकले नागरिकताको आधारमा नै फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल जस्ता कागजात आवश्यक पर्ने छैन।

हंसराज हुलासचन्द एन्ड कम्पनीले चाडपर्वको अवसरमा ग्राहकलाई सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बजाजले यसअघि नै दसैं-तिहारलाई लक्षित गरी ‘बजाज प्रिमियर लिग’ (BPL) योजना पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकले थुप्रै नगद पुरस्कार र चर्चित क्रिकेटरसँग भेट्ने अवसर पनि पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप