युक्रेनबाट उद्धार गरिएका दुई नेपाली काठमाडौँ आइपुगे
काठमाडौँ । युक्रेनबाट उद्धार गरिएका दुई नेपाली काठमाडौँ आइपुगेका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसी शुक्रबार काठमाडौँमा आइपुगेका हुन् ।
युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरू दुवै जना काठमाडौँ आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरूलाई स्वागत गर्न सङ्घको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित भएका थिए ।
उनीहरू दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली सङ्घ र जर्मन स्थित नेपाली दूतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।
केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि सङ्घले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो ।
सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरू विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण