युक्रेन सीमामा थुनिएका दुई नेपालीको उद्धार
शुक्रबार, ०३ असोज २०८२, १३ : ३४
सारांश
- युक्रेनको सीमामा पक्राउ परेका दुई नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइँदैछ।
- रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित दूतावासले उद्धार गरेको हो।
- परराष्ट्र मन्त्रालयले विदेश यात्रा गर्दा कानुनको पालना गर्न र प्रलोभनमा नपर्न आग्रह गरेको छ।
काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा परेका दुई जना नेपालीलाई उद्धार गरी आज अपराह्न स्वदेश फर्काइँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको सक्रियतामा उद्धार गरिएको हो। उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा, गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) जर्मनी तथा अन्य निकाय र व्यक्तिहरूले सहयोग गरेको मन्त्रालयले जनाएको छ।
विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन तथा अन्य कानुनको पालना अनिवार्य हुने उल्लेख गर्दै मन्त्रालयले कानुन उल्लङ्घन गर्दा पक्राउ पर्नुका साथै लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने र ज्यानसम्म जोखिममा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयले विभिन्न प्रलोभन वा बहकाउमा नपरी यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण