दसैँको मुखमा सडक अवरोध : दाउन्नेमा पहिरो रोकिएन, बिपी राजमार्गको चौकीडाँडामा पनि समस्या
काठमाडौँ । नवलपरासीको दाउन्नेमा झरेको पहिरोका कारण बिहीबार रातीदेखि सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार रातीदेखि नै पहिरो झर्ने क्रम नरोकिएसँगै यातायात सञ्चालनमा अवरोध पुगेको हो ।
प्रहरी कन्ट्रोल रुमका अनुसार बिचबिचमा पहिरो पन्छाएर सवारी साधन क्रस गराउने काम हुँदै आए पनि पहिरो झर्ने क्रम नरोकिएकोले दुवैपट्टि लामो जाम छ ।
सोही कारण पश्चिमतर्फ हिजो हिँडेका सवारी साधन अझै पनि दाउन्ने कटेर आउन सकेका छैनन् भने चितवनतर्फ पनि लामो लाइन छ ।
उता बिपी राजमार्गको चौकीडाँडामा पनि सडक अवरुद्ध छ । अस्थायी रूपमा निर्माण गरिएको एकतर्फी सडक समेत वर्षाका कारण अवरुद्ध भएकोले सो स्थानमा समेत लामो लाइन लागेको प्रहरीले जनाएको छ ।
दसैँ नजिकिएसँगै यतिबेला राजमार्गमा चाप पर्न थालेको छ । विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द भएकोले यतिबेला अघिल्ला वर्षहरू भन्दा छिटै उपत्यकाबाट बाहिरिने क्रम बढ्दै गएको अवस्थामा पूर्व र पश्चिम जोड्ने सडकमा अवरोध पुगेको हो । यसले दसैँसम्मकै सेड्युलमा असर पर्न सक्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातन्त्री कुलमान घिसिङले चाडबाडमा राजमार्गको सहज सञ्चालनका सम्बन्धमा शनिबार सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेका छन् ।
सरोकारवाला भने राजमार्ग खुलाउन पर्याप्त हेभी इक्विपमेन्ट र जनशक्ति व्यवस्था नगरेको गुनासो गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण