पहिराे खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
शुक्रबार, ०३ असोज २०८२, १९ : ४९
काठमाडौँ । मुग्लिन–नारायणघाट सडकखण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
शुक्रबार सँझा खसेको पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ ।
मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ तुइन खोलामा माथिबाट ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसोदेखि नै लगातार हल्का वर्षा भइरहेको र साँझ तुइन खोलामा भीर नै बगेर सडकमा आएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण