झापाको देवीगञ्जमा जङ्गली हात्ती मृत फेला
शनिबार, ०४ असोज २०८२, ११ : १५
सारांश
- झापाको मेचीनगरमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
- मृत हात्ती वयस्क पोथी हो र पोस्टमार्टमको तयारी भइरहेको छ।
- हात्तीको मृत्युको कारण पोस्टमार्टमपछि खुल्नेछ।
झापा । झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।
मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।
वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । “हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उनले भने, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।”
के कारणले हात्ती मर्यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण