मधेस प्रदेश सरकारले दिने सेवा दसैँपछि पूर्ण रुपमा सञ्चालन हुन्छ : मुख्यमन्त्री सिंह
सारांश
- मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजी प्रदर्शनका कारण क्षतिग्रस्त कार्यालय दसैँपछि पूर्ण रुपमा सञ्चालनमा आउने बताए।
- उनले भौतिक संरचनाको मर्मत र सुधारका लागि केही समय लाग्ने र त्यसपछि सेवाहरू पूर्ण रूपमा सञ्चालन हुने बताए।
- प्रदेश सरकारले क्षति मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ र सुरक्षा सुधार हुँदैछ।
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसैँपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।
उनले आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।
सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए ।
प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो ।
साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण