चलचित्र 'हरिबहादुरको जुत्ता' को ट्रेलर सार्वजनिक
काठमाडौँ । चलचित्र 'हरिबहादुरको जुत्ता' को ट्रेलर सार्वजनिक भएको छ ।
दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतीक्षित चलचित्रको रूपमा हेरिएको चलचित्रको ट्रेलर शनिबार सार्वजनिक भएको हो । दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै समसामयिक राजनीतिक विषयलाई पनि समेटेको छ ।
हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन् । नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ । त्योसँगै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबिचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ ।
खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको यस फिल्मका गीतहरूलाई आशीष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंले गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण