संयुक्त राष्ट्र संघको महासभामा भेट्दैछन् ट्रम्प र जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले न्यूयोर्कमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्ने भएका छन्।
- भेटमा जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई दबाब दिने प्रयास गर्नेछन्।
- जेलेन्स्कीले युद्धविराम पछि रुसी आक्रमणबाट जोगाउन सुरक्षा ग्यारेन्टीको मुद्दा उठाउनेछन्।
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्काे हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् ।
यस भेटमा उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई दबाब दिने प्रयास गर्नेछन् । रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेकै समयमा जेलेन्स्कीले शनिवार आफ्नो योजना घोषणा गरेका हुन् ।
अल जजीराको रिपोर्ट अनुसार, जेलेन्स्कीले शनिवार आफ्नो भ्रमणको विवरण साझा गरेका थिए । ‘हामी अब अमेरिकाबाट अझ कडा प्रतिबन्धको अपेक्षा गरिरहेका छौं । युरोपले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ जेलेन्स्कीले ट्विटरमा लेखेका छन् ।
जेलेन्स्कीले युद्धविराम पछि भविष्यमा रुसी आक्रमणबाट आफ्नो देशलाई जोगाउन दीर्घकालीन सुरक्षा ग्यारेन्टीको मुद्दा पनि ट्रम्पसँग उठाउन सक्ने बताइएको छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पश्चिमी सेनाको तैनाथी सहन नसक्ने चेतावनी दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण