उपत्यका प्रहरी कार्यलयलाई लुम्बिनी तन्दुरी व्यवसायी संघको सहयोग
आइतबार, ०५ असोज २०८२, ११ : ३५
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा उपत्यका प्रहरी कार्यलय रानिपोखरीमा आगजनी र लुटपाट हुँदा २६४ जनाको खाना खाने मेस र क्यान्टिन पूर्ण रूपमा नष्ट भएको छ ।
यस परिस्थितिमा, लुम्बिनी तन्दुरी व्यवसायी संघ काठमाडौंले सो मेस पुनः सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामाग्री उपलब्ध गराएको छ।
संघका अध्यक्ष राम प्रसाद पोखरेल र अन्य पदाधिकारी तथा उपत्यका प्रहरी कार्यलयका प्रमुखको रोहबरमा सामान हस्तान्तरण गरिएको हो ।
अध्यक्ष पोखरेलले भने, “लुम्बिनी तन्दुरी व्यवसायी संघले आपत विपतमा परेका व्यक्तिहरू र संस्थाहरुलाई सदैव सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा पनि सहयोग निरन्तर रहनेछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
-
तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
-
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
-
पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण