पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा पहिलो हाफ सकिँदा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता लिएको छ।
- खेलको नवौँ मिनेटमा चार्ल्स डे केटेलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा मालिक टिलम्यानले अमेरिकाका लागि बराबरी गोल गरे।
- डे केटेलारेले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियमले पुनः २-१ को अग्रता कायम गर्यो।
काठमाडौँ । पहिलो हाफ सकिँदा फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकाविरुद्ध २–१ को अग्रता बनाएको छ।
खेलको नवौँ मिनेटमा चार्ल्स डे केटेलारेले निकोलास रास्किनको पासमा गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा मालिक टिलम्यानले गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा फर्काए।
तर अमेरिकाको खुसी धेरैबेर टिक्न सकेन। बराबरी भएको दुई मिनेटपछि अर्थात् ३३औँ मिनेटमा डे केटेलारेले लिएन्ड्रो ट्रोसार्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए।
बेल्जियमले पहिलो हाफभरि आक्रामक खेल प्रदर्शन गर्दै अमेरिकामाथि दबाब कायम राख्यो भने अमेरिका बराबरी गोलपछि लयमा देखिए पनि रक्षात्मक कमजोरीका कारण फेरि पछि परेको हो।
अब दोस्रो हाफमा अमेरिका पुनरागमनको प्रयासमा हुनेछ भने बेल्जियम अग्रता जोगाउँदै क्वार्टरफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
-
एक गोल नखाई स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्दा बने यस्ता कीर्तिमान
-
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण