डोनाल्ड ट्रम्पलाई भेट्दै छन् पाकिस्तानी प्रधानमन्त्री शरीफ
आइतबार, ०५ असोज २०८२, १६ : ५७
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै छन् ।
शरिफले मंगलबार न्युयोर्कमा सुरु हुने संयुक्त राष्ट्र संघको महासभाको ८०औँ सत्रमा पाकिस्तानको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री शरीफले महासभा सत्रको छेउमा अमेरिकी राष्ट्रपति ट्रम्प र अन्य मुस्लिम देशका नेताहरूसँग भेट लेखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको बीबीसी उर्दूले लेखेको छ ।
यस बैठकमा क्षेत्रीय र विश्वव्यापी शान्ति र सुरक्षाबारे छलफल हुने बताइएको छ । भ्रमणमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार पनि प्रधानमन्त्रीसँगै हुनेछन् । यस भ्रमणको क्रममा शरीफले इजरायल–गाजा द्वन्द्व समाधान गर्ने आवश्यकतामा जोड दिने पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण