नागरिकता ठगी प्रकरणः वडाध्यक्ष पक्राउ, १५ दिनको म्याद थप
सर्लाही । नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको छ ।
वडाध्यक्ष यादवमाथि चार जना व्यक्तिहरूले झुटो वतन र विवरणसमेत पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा लिन खोजेको कसुरमा सिफारिस तथा सनाखत गरी सहयोग गरेको आरोप लागेको छ ।
यो घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको असार ३ गतेको पत्र प्राप्त भएपछि प्रहरीले नागरिकतासम्बन्धी कसुर मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्ष यादवको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका वडाध्यक्ष यादवमाथि थप अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण