जेडटीईका दुई नयाँ स्मार्टफोन नुबिया ए५६ र ए३६ नेपाली बजारमा, शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध
सारांश
- जेडटीईले नेपाली बजारमा नुबिया ए५६ र नुबिया ए३६ स्मार्टफोन सार्वजनिक गरेको छ।
- नुबिया ए५६ मा ६.७५ इन्चको एचडी+ स्क्रिन, ५००० एमएएच ब्याट्री र १२ जीबी र्याम रहेको छ, जसको मूल्य रु. ११,९९९ तोकिएको छ।
- नुबिया ए३६ मा ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन, १२ जीबी र्याम र ५००० एमएएच ब्याट्री रहेको छ, जसको मूल्य रु. १०,९९९ रहेको छ।
काठमाडौँ । ग्लोबल टेक कम्पनी जेडटीईले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ सार्वजनिक गरेको छ। दुवै स्मार्टफोनहरू ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथ आकर्षक मूल्यमा उपलब्ध छन्।
- जेडटीई नुबिया ए५६
बजेटमै शक्तिशाली स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि नुबिया ए५६ उपयुक्त छनोट हो। यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन र ५००० एमएएच ब्याट्री रहेको छ। यसमा भएको अक्टा-कोर टी७२०० चिपसेट ले सहज मल्टिटास्किङका लागि मद्दत गर्छ। फोनमा १२ जीबी र्याम (जसलाई ८ जीबी सम्म भर्चुअल रूपमा बढाउन सकिन्छ) र १२८ जीबी स्टोरेज छ। यसको मूल्य रु. ११,९९९ तोकिएको छ, जसमा १८ महिनाको वारेन्टी पनि पाइन्छ। यो फोन शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनामा पनि खरिद गर्न सकिन्छ।
- जेडटीई नुबिया ए३६
जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्छ। यसमा ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन, १२ जीबी र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबी स्टोरेज र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ।
५००० एमएएच को शक्तिशाली ब्याट्रीले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्छ। कम्पनीका अनुसार यो फोन ५० महिनासम्म ढुक्कसँग प्रयोग गर्न सकिन्छ। यसको मूल्य रु. १०,९९९ छ र यसमा पनि १८ महिनाको वारेन्टी उपलब्ध छ। यो फोन पनि शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनामा खरिद गर्न सकिनेछ।
यी दुई नयाँ स्मार्टफोनको आगमनसँगै जेडटीईले नेपाली बजारमा आफ्ना उत्पादनको दायरा विस्तार गरेको छ। यसले प्रयोगकर्ताहरूलाई आकर्षक मूल्यमा भरपर्दो कार्यसम्पादन र राम्रो ब्याट्री भएको स्मार्टफोन उपलब्ध गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण