खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु
सोमबार, ०६ असोज २०८२, ०७ : २६
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको छ। आइतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको हो।
उनको शव खोलाले करिब ५०० मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।
सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण