विमानको ल्यान्डिङ गियरमाथि बसेर अफगानिस्तानबाट कसरी दिल्ली आए १३ वर्षीय किशोर ?
सारांश
- अफगानिस्तानका एक १३ वर्षीय किशोरले विमानको ल्यान्डिङ गियरमा बसेर दिल्लीसम्म यात्रा गरे।
- दिल्ली विमानस्थलमा सोधपुछपछि किशोरलाई अफगानिस्तान फिर्ता पठाइयो।
- किशोर काबुल विमानस्थलको सुरक्षा घेरा तोडेर विमानमा चढेका थिए।
नयाँ दिल्ली । अफगानिस्तानका एक १३ वर्षीय किशोरले निकै खतरनाक र अनौठो तरिका अपनाएर अफगानिस्तानबाट भारतको राजधानी नयाँ दिल्लीसम्मको यात्रा गरेका छन् ।
ती किशोर आइतबार विमानको ल्यान्डिङ गियरको माथिल्लो भागमा बसेर दिल्ली आइपुगेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सोधपुछ गरेपछि सोही विमानबाट अफगानिस्तान फर्काइएको छ ।
काम एयरलाइन्सको उडान नम्बर आरक्यू–४४०१ का चालक दलका सदस्यले ती किशोरलाई विमान नजिकै हिँडिरहेको देखेका थिए । उनीहरूले ती किशोरको गतिविधि संदिग्ध लाग्नासाथ विमानस्थलमा तैनाथ सुरक्षाकर्मीलाई यसबारे जानकारी गराएका थिए । सुरक्षाकर्मीले ती किशोरलाई सोधपुछका लागि टर्मिनल–३ मा लगेका थिए ।
यस क्रममा ती किशोर अफगानिस्तानको कुन्द्रुज प्रान्त निवासी रहेको पत्ता लागेको छ । ती किशोरले सुरक्षाकर्मीलाई बताए अनुसार उनी काबुल विमानस्थलमा सुटुक्क प्रवेश गरेका थिए । त्यसपछि उनी विमानको पछिल्लो भागमा रहेको सेन्ट्रल ल्यान्डिङ कम्पार्टमेन्टमा पुगेका थिए ।
यी किशोर विमानस्थलभित्र छिरेर विमानसम्म पुग्नुले काबुल विमानस्थलको सुरक्षा अवस्थाको गम्भीर अवस्थालाई चित्रण गरेको जानकारहरू बताउँछन् । विमानमा यसरी यात्रा गर्दा पनि सुरक्षित रहनु कुनै चमत्कारजस्तै रहेको विज्ञहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण