जिल्ला प्रशासन कार्यालय चितवनले भन्यो– ज्यान बचाऔँ, यात्रा पछि गरौँला
चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज ठुलो पहिरो खस्दा आवागमन पूर्णरूपमा बन्द भएको छ। पहिरो ठुलो भएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन र सुरक्षाकर्मीहरूले यात्रु तथा सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटारमार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।
प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र यात्रामा समस्या परेमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग सहयोग लिन आग्रह गरेको छ ।
प्रशासनले जोखिम मोलेर यात्रा समेत नगर्न आग्रह गरेको छ । आफ्नो ज्यान बचेमा पछि पनि यात्रा गर्न सकिने जारी सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण