चुच्चेपाटी र नागार्जुनमा सवारी दुर्घटना, २ जनाको मृत्यु
सारांश
- काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
- चुच्चेपाटीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भयो, भने भ्यानको ठक्करबाट अर्का एक जनाको मृत्यु भयो।
- बाँकेको नेपालगन्जमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो।
काठमाडौँ । काठमाडौँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म.प्र.०३-००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिका-४ सोल्टी दोबाटोस्थित सडकमा बा.प्र -०१-०३० च ६५०१ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका-१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सडकमा भे.१ त ७७८४ नम्बरको ट्याक्टरले भे.१२ प ९४८७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५२ वर्षीय कर्ण बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण