एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
बुधबार, ०८ असोज २०८२, १४ : ०८
सारांश
- नेकपा एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको छ, जुन बुधबार दिउँसो ३ बजे बस्नेछ।
- बैठकमा महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव र सचिवहरूको सहभागिता रहनेछ।
- बैठकले आगजनी र तोडफोडबाट पार्टी कार्यालय र नेताहरूको सम्पत्तिको क्षतिको विवरण सार्वजनिक गर्नेछ।
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजेपछि बस्ने गरी बोलाइएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सहभागी हुन्छन् । एमालेमा ३ जना उपमहासचिव र ७ जना सचिव रहेका छन् ।
जनेजी आन्दोलनपछि एमालेका कुनै पनि औपचारिक बैठक बसेका थिएनन् । कार्यालय बैठकले भदौ २४ मा भएको आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधिबाट पार्टी कार्यालयहरू र नेताहरूको निजी सम्पत्तिको क्षति सङ्कलन गरेर सार्वजनिक गर्ने बुझिएको छ । कार्यालय बैठकपछि केन्द्रीय सचिवालय बैठक समेत बोलाउने तयारी भएको एमाले नेताहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण