अध्यादेश जारी भएसँगै मतदाता नामावली संकलनको बाटो खुल्यो
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेका छन्।
- यसअघि निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो।
- निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
काठमाडौँ । निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो ।
यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली संकलन गरेको थियो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् । निर्वाचन अयोगले गत आइतबार मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गर्दै गृह मन्त्रलायलाई पत्राचार गरेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यादेशमार्फत मतदाता नामावली संकलन गर्ने कानुनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली संकलन गर्न मिति तोकिने बताए ।
‘आयोगको बैठक तत्काल बसेर नामावली संकलनको मिति तोक्छौँ’, भट्टराईले भने, ‘तोकिएको मितिमा नयाँ मतदाता नामावली संकलनको काम सुरु हुन्छ ।’
प्रवक्ता भट्टराईले बिहीबारसम्म आयोगको बैठक बसेर त्यसबारे निर्णय गर्नेबारे छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण