कांग्रेसका दुई केन्द्रीय सदस्यसहित १० सांसद्ले भने– विशेष महाधिवेशन गर्न हुन्न
सारांश
- नेपाली कांग्रेसका सुदूरपश्चिमका नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।
- उनीहरूले विशेष महाधिवेशन पार्टी विभाजनतर्फ लैजाने भन्दै विज्ञप्ति जारी गरेका हुन्।
- विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा मुख्यमन्त्री र प्रदेशका सांसदहरू रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र १० सांसद् पार्टीमा विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । उनीहरूले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन र हस्ताक्षर संकलनले पार्टीलाई विभाजनतिर लैजाने बताएका हुन् ।
‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर सङ्कलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा सुदूरपश्चिमबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सुशीला भट्ट र नृपबहादुर वड तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेसको सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थीसहित २३ नेताले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्नेमा राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापासहितका प्रदेशसभाका ९ सांसद पनि छन् । हस्ताक्षर गर्नेमा प्राय सभापति शेरबहादुर देउवा निकटका नेताहरू छन् ।
विज्ञप्तिमा विशेष महाधिवेशन माग गर्न हस्ताक्षर सङ्कलन गर्ने अभियानले पार्टीलाई कमजोर बनाउने उल्लेख छ । नियमित महाधिवेशनमा सभापति शेरबहादुर देउवाले अब विधानअनुसार सभापति नलड्ने भनेको कुरा मनन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान सुरु भएपछि त्यसविरुद्ध सुदूरपश्चिमका नेताहरूले विज्ञप्ति जारी गरेका हुन् ।
कांग्रेसभित्र पार्टीलाई सुधार गर्न विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण