शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
१६ किलोमिटर सडक बनाउन महाभारत, तस्बिरहरू
सूर्यविनायक-धुलिखेल सडक

१६ किलोमिटर सडक बनाउन महाभारत, तस्बिरहरू

बुधबार, ०८ असोज २०८२

काठमाडौँ । नेपाल सरकारले जापानी सहयोग नियोग (जाइका) को सहयोग लत्त्याएर आफैँले निर्माण सुरु गरेको १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम अझै सम्पन्न हुन सकेको छैन। 

suryabinayak dhulikhel sadak (1)

जाइकाले यस सडक खण्डको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारले आफैँले बनाउने निर्णय गरेपछि जाइका पछि हटेको थियो। पटक-पटक म्याद थप्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

suryabinayak dhulikhel sadak (2)

यस वर्षको चाडपर्वमा पनि यात्रुहरूले यो सडकखण्डमा सास्ती भोग्नुपर्ने भएको छ। सवारी साधनको चाप कम गर्नका लागि सडक विस्तारको काम सुरु गरिए पनि समयमा नसकिँदा यस सडकखण्डमा जाम बढ्दै गएको छ र आवतजावतमा समस्या भइरहेको छ।

suryabinayak dhulikhel sadak (3)

वि.सं. २०७९ पुस २४ गतेबाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सडकलाई सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो, तर काम निर्धारित समयमा सकिन सकेको छैन।

suryabinayak dhulikhel sadak (4)

अहिले पनि असार र साउनमा मनसुनका कारण रोकिएको निर्माण कार्य फेरि सुरु भएको छ। तर, बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ। उक्त क्षेत्रको करिब २०० मिटर सडकमा ‘सेन्टर लाइन’ को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि काम रोकिएको हो। उनीहरूले बाटोको बिचबाट दुवैतर्फ बराबर (७५ फिटका दरले) छुट्ट्याउनुपर्ने माग राख्दै आएका छन्।

suryabinayak dhulikhel sadak (5)

हाल बनेपाको पूर्वी भेगमा पर्ने चण्डेश्वरी खोलादेखि बनेपाको चार दोबाटोसम्म करिब एक किलोमिटर सडकमा ढल निर्माणको काम भइरहेको छ। आयोजना कार्यालयका अनुसार, पुलबजारबाहेकका अन्य स्थानमा भने छोटो-छोटो खण्डमा काम भइरहेको छ। हाल एक किलोमिटर क्षेत्रमा सडक पक्की बनाउनुका साथै वाल, ड्रेन र पेमेन्टको काम सम्पन्न भएको छ। केही दिनमै बनेपातर्फको सडक कालोपत्रे गर्ने तयारी छ।

suryabinayak dhulikhel sadak (6)

यो सडक विस्तारका लागि बाँकी करिब चार महिनाको समयमा काम सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ। हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ४० प्रतिशत र साँगा-धुलिखेल खण्डको ५० प्रतिशत काम सकिएको छ।

suryabinayak dhulikhel sadak (7)

पहिलो चरणमा साँगा-धुलिखेल खण्डको विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो, भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।

suryabinayak dhulikhel sadak (8)suryabinayak dhulikhel sadak (9)suryabinayak dhulikhel sadak (10)suryabinayak dhulikhel sadak (11)suryabinayak dhulikhel sadak (12)suryabinayak dhulikhel sadak (13)suryabinayak dhulikhel sadak (14)suryabinayak dhulikhel sadak (15)suryabinayak dhulikhel sadak (16)suryabinayak dhulikhel sadak (17)suryabinayak dhulikhel sadak (18)suryabinayak dhulikhel sadak (19)suryabinayak dhulikhel sadak (20)suryabinayak dhulikhel sadak (21)suryabinayak dhulikhel sadak (22)suryabinayak dhulikhel sadak (23)suryabinayak dhulikhel sadak (24)suryabinayak dhulikhel sadak (25)suryabinayak dhulikhel sadak (26)suryabinayak dhulikhel sadak (27)suryabinayak dhulikhel sadak (28)suryabinayak dhulikhel sadak (29)suryabinayak dhulikhel sadak (30)suryabinayak dhulikhel sadak (31)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया