विभिन्न १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
बिहीबार, ०९ असोज २०८२, ०७ : ४८
सारांश
- सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
- कालोसूचीमा परेका कम्पनीहरूले सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण