दैलेखमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सारांश
- कर्णाली राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो।
- दुर्घटनामा परी १८ वर्षीय एडमन शाहीको मृत्यु भएको छ, भने ट्रक चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दैलेख । कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।
दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण