‘ममाथि प्रहारको निशाना केन्द्रित गरियो, मेरो अपराध के हो ?’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता हुनुपर्छ भन्नेहरूले नै आफूभन्दा फरक बोल्यो भने त्यसलाई काटीकाटी र किच्याई किच्याई मार्नुपर्छ भन्ने ट्रेन्ड कसले भित्र्याएको भनेर प्रश्न गरेका छन् ।
बिहीबार एमालेका केही नेता र पार्टी निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीका सदस्यहरूसँगको भेटवार्तामा ओलीले जिम्मेवार दलहरूमाथि प्रहार केन्द्रित हुनु दुर्भाग्य भएको बताए ।
‘प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता हुनुपर्छ भन्ने तर आफूभन्दा फरक बोल्यो भने त्यसलाई झोले ट्रेन्ड मात्र होइन त्यसको घरमा आगो लगाउनुपर्छ भन्ने ? त्यसलाई काटीकाटी किच्याई किच्याई मार्नुपर्छ भन्ने कसले ल्याउदै छ यो सभ्यता ?’, ओलीले प्रश्न गरे ।
उनले यसबारे खोजी गर्न जरुरी रहेको पनि बताए । ‘नयाँ पुस्ता सजग हुनुपर्छ । यो देश पुस्ताको हो’, ओलीले भने, ‘म माथि प्रहारको निशाना केन्द्रित गरियो । मेरो अपराध के ?मैले भ्रष्टाचार गरिनँ, गर्दिन गरेको छैन, यही मेरो अपराध हो ?विकासको नेतृत्व गर्नु अपराध हो ?’ उनले आफूले पृथकतावादको वकालत गरेकाहरूलाई मूल धारमा ल्याएको भन्दै आफूमाथि जेनजीले प्रहार नगरेको पनि बताए ।
उनले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टि चर्को जनाए ।‘अहिले सुन्छु, मानिसहरूसँग प्रतिशोध साँध्ने कुरा भइरहेको छ । अराजनीतिक, प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु । यो कहाँ पुगेर रोकिने ? शान्ति हुनुपर्दैन ?’, ओलीको भनाइ छ ।
उनले युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइएको भन्दै जेनजी पुस्ताको जायजै माग भ्रष्टाचार अन्त्य, शान्ति सुव्यवस्था, सुशासन भए पनि त्यहाँभित्र अरू तत्त्व हतियार बोकेर आएको दाबी गरे । ‘सुत्ली बम बोकेर जेनजी आएका थिएनन् ।
तर,विद्यार्थी भाइबहिनी मर्ने–मार्ने स्थिति भयो’, ओलीले दुख व्यक्त गर्दै भने । भदौ २३ गतेको प्रदर्शनमा गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि निर्मम प्रहार गर्नेहरु जेनजी नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण