दशगजा पारीका बजारमा नेपाली उपभोक्ताको भीड
सारांश
- दशैंको समयमा नेपाली उपभोक्ताहरू सस्तो मूल्यमा सामान किन्न भारतका बजारमा गएका छन्।
- नेपाली बजार सुनसान हुँदा, भारतका बजारहरूमा नेपाली उपभोक्ताहरूको घुइँचो लागेको छ।
- चिनी जस्ता दैनिक उपभोग्य वस्तुहरूमा मूल्यको भिन्नताका कारण नेपालीहरू भारत जाने गरेका छन्।
महोत्तरी । दशगजा (नेपाल–भारत सीमा) पारीका भारतीय बजार नेपाली उपभोक्ताले भरिभराउ छन् । चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न नेपाली उपभोक्ता भारतीय बजार पुगेका हुन् । महोत्तरीसँग सीमा जोडिएका भारतका साना ठुला सबैजसो भारतीय बजारमा नेपाली उपभोक्ताको भीड छ ।
भारतको मधुवनी जिल्लाका मधवापुर, साहरघाट र सीतामढी जिल्लाका भिठ्ठामोड, सुरसण्ड, बराही, परिहार, नोचागोरहारी, बेला, कन्हमा र खैरवासहितका बजार दसैँका बेला नेपाली उपभोक्ताको गन्तव्य बनेका छन् ।
“यतिखेर नेपालतिरका बजार सुनसान जस्तै बनेका बेला नेपाली उपभोक्ताले पारीका बजार गुलजार बनाएका छन्”, सीमावर्ती बस्ती सम्सीका स्थानीय इम्तियाज अहमद भन्छन्, “यो लाममा कतिपय नेपाली उपभोक्ता त सस्तो पाइने हल्लैहल्लामा भारतीय बजार धाइरहेका छन् ।”
खासमा चामल, पिठो, मैदा, मरमसाला, साबुन, सर्फ, पूजाआजाका सर्दाम र चिनी जस्ता दैनिक उपभोग्य बस्तु पारीका बजारमा कम मूल्य पर्छन् । नभई नहुने यी सामानमा मूल्यमा परेको फरकले नेपाली उपभोक्ता भारतीय बजार जाने गरेको सीमावर्ती नेपाली बस्ती खैरवनीका रामप्रताप यादव बताउँछन्। “ल, भन्नोस् न, चिनी नेपाली बजारमा रु ९० प्रतिकिलो पर्छ, दशगजा कटेर पारी पुग्न बित्तिकै ७३ रुपैयाँमा पाइन्छ”, उनले भने । एक किलो चिनीमा १७ रुपैयाँको फरक सामान्य मजदुरी गरेर गुजारा गर्नेका लागि निकै फरक पर्ने यादवको भनाइ छ ।
सीमा आसपासका भारतीय बजारमा अहिले व्यापारीले सामानको मूल्य नै नेपाली मुद्रामा बताउँछन् । पहिलेपहिले नेपाली मुद्रालाई भारतीय बनाउँदा बट्टा काट्ने चलन पनि भारतीय व्यापारीले पर्व विशेषमा हटाएका छन्।भारतीय बजारका व्यापारी नेपाली ग्राहकसँग विनम्र बोल्ने, धेरै मोलमोलाइको ठाउँ नराख्ने यथाशक्य छिटो सेवामा तल्लीन देखिनुले प्रभाव पारेको कतिपयको बुझाइ छ । नेपाली ग्राहक धेरै कचिंगल नगर्ने र सामान लिएपछि हिँडी हाल्ने हुँदा आफूलाई ग्राहक फकाउन सजिलो हुने भारतीय व्यापारी बताउँछन् ।
एक जनाले बोकेर ल्याउने दैनिक उपभोग्य सामानमा भन्सारमा कर्मचारीले खासै दुःख नदिने कारण पनि नेपाली उपभोक्तालाई भारतीय बजार सहज बन्ने गरेको सीमा क्षेत्रका स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण