मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

शुक्रबार, १० असोज २०८२, २२ : ०३
शुक्रबार, १० असोज २०८२

सारांश

  • काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट प्रहरीले एक युवकलाई रिभल्वर र बिनेटसहित पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय विजय तामाङ रहेको प्रहरीले जनाएको छ।
  • प्रहरीले तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ ।  प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले  जानकारी दिइन् ।

उनले भनिन्–  ‘प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो ।’ 

पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप