गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना
सारांश
- कञ्चनपुर प्रहरीले भारतसँगको सीमा नाकामा सुरक्षा जाँच कडा पारेको छ।
- चाडपर्वलाई लक्षित गरी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ, जसले लागूऔषध र विष्फोटक पदार्थ पत्ता लगाउनेछन्।
- यात्रुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
कञ्चनपुर । नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाइ गरेको छ । यसका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत आजदेखि नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो । खुलासीमा नाकाबाट चाडपर्वका बेला लागूऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
“‘शेरा’ र ‘लैला’ नामक दुई तालिम प्राप्त कुकुर नाकामा परिचालन गरिएको छ ।” उनले भने ,“ ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ ले लागुऔषध पत्ता लगाउँछ ।” दसैँ मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले सीमा नाकासँगै बसपार्क लगायतका अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ ।
भारतबाट नेपाल फर्किने यात्रुहरूको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले राजमार्ग क्षेत्रमा जाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ। दसैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरीले जिल्लामा गस्ती बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण