झुला भाँचिएर फसेका ५६ जनाको उद्दार
शनिबार, ११ असोज २०८२, ११ : ३२
सारांश
- जनकपुरमा दशमी मेलामा झुला भाँचिँदा ५६ जना फसेका थिए।
- नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीले उनीहरूको उद्धार गरे।
- विजयादशमी मेला महावीर युवा कमिटी र श्रीराम युवा कमिटीले व्यवस्थापन गरेका थिए।
जनकपुर । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।
नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो । विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ ।

_6ZDmSR9Uu0.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण