ललितपुर प्रशासनको आग्रह : चाडपर्वमा कालोबजारी र ठगी नगर्नू
ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वका अवसरमा जिल्लावासी सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो ।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियम पालना गर्न जिल्ला प्रशासनले सबैलाई अनुरोध गरेको छ । चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन कार्यालयले सूचनामार्फत सबैलाई सचेत गराएको हो ।
साथै, गैरकानुनी रूपमा चिट्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई ध्यानाकर्षण गराएको छ ।
जिल्लावासीलाई सार्वजनिकस्थलमा होहल्ला नगरी सभ्य र मर्यादित तरिकाले चाडपर्व मनाउन आग्रह गरिएको छ । गैरकानुनी गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण