एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : सच्चिने कि सक्किने ?
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक गुण्डुमा बसिरहँदा पार्टीसम्बद्ध युवा नेताहरूले पदाधिकारीहरूलाई म्यासेजको अभियान चलाएका छन् ।
‘परिर्वतनका लागि युवा समूह’को नाममा उनीहरूले अब एमालेसामु दुईवटा विकल्प रहेको र कम्युनिस्ट आन्दोलन र देशलाई संकटमा लैजान नहुने बताएका छन् । सबै पदाधिकारीहरूलाई म्यासेज गरिएको अखिलका पूर्वनेता निराजन पौडेलले बताए ।
अखिलका पूर्वसचिव समेत रहेका युवा नेता दिपेश पछाईका अनुसार उनीहरूले म्यासेजमा भनेका छन्, ‘हामी कम्युनिस्ट आन्दोलनको नयाँ घुम्तीमा उभिएका छौं । अब एमालेसँग दुई विकल्प छ, ‘कि सच्चिने, कि त सक्किने ?’ एमाले सक्कियो भने कम्युनिस्ट आन्दोलन पनि सक्किने बाटोमा जानेछ । देश संकटमा पर्नेछ । एमालेको वर्तमान नेतृत्वबाट एमाले, कम्युनिस्ट आन्दोलन र देशको रक्षा सम्भव छैन । हामीलाई गहिरो विश्वास छ, ‘गलत नेतृत्वको रक्षा गरेर कम्युनिस्ट आन्दोलन र देशलाई संकटमा लैजानु हुने छैन । त्यसैले पार्टीको सबै संरचनामा रूपान्तरण र पुनर्गठन । निर्णय आजै गर्नुहोला । नयाँ सन्देश प्रवाह गर्नुहोला । हामी पुनर्गठन सन्देश बोकेर दशैंमा गाउँ जानेछौं ।’
भदौ २३ को जेनजी विद्रोहपछि पहिलो पटक नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।
ओलीले ५ मिनेट मात्रै ढिला भएको भए प्रर्दशनकारीहरूले आफूलाई मार्ने बताएका थिए । ओलीलाई २४ गतेको विद्रोहमा सैनिक हेलिकोप्टरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भगाएर सैनिक ब्यारेक शिवपुरी लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण