शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ, तस्बिरमा हेर्नुहोस्

सोमबार, १३ असोज २०८२, १७ : १६
सोमबार, १३ असोज २०८२

सारांश

  • नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्‍यो।
  • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
  • समारोहमा राइफल र तोपबाट बढाइँ, हेलिकप्टरबाट पुष्पवृष्टि र ब्यानर प्रदर्शन गरियो।

काठमाडौँ । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । 

सेनाले सोमबार अपराह्न फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पाससहितको बढाइँ गरिएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बिच फूलपाती बढाइँ गर्दै आएको छ ।

fulpati (1)fulpati (2)fulpati (3)fulpati (4)fulpati (5)fulpati (6)fulpati (7)fulpati (8)fulpati (9)fulpati (10)fulpati (11)fulpati (12)fulpati (13)fulpati (14)fulpati (15)fulpati (16)fulpati (17)fulpati (18)fulpati (19)fulpati (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप