लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद
सोमबार, १३ असोज २०८२, २० : ३५
सिरहा । जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डीएपी) बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए । उनले भने, 'नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डीएपी र युरिया मल बरामद गरिएको हो ।'
बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताए ।
यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण