तीन पूर्वविशिष्टले फिर्ता गरे गैरकानुनी रूपमा लगेका सवारीसाधन
काठमाडौँ । कृष्ण बहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले राज्यले दिएको सवारी साधन फिर्ता गरेका छन् ।
पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनविपरीत सवारी साधन प्रयोग गरिरहेपछि सरकारले फिर्ता गर्न आग्रह गरेको थियो ।
यस क्रममा पूर्वसभामुख महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेका अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका हुन् ।
यसबारे उनले फेसबुकमा लेखेका छन्, 'कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये कृष्ण बहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नु भएको आधिकारिक जानकारी प्राप्त भएको छ ।'
अर्थ मन्त्रालयले कानुनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी पनि गरिरहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण