कीर्तिमानी अपराजित यात्रामा ‘भोको’ क्रिस्टल प्यालेस
सारांश
- क्रिस्टल प्यालेसले १९ खेलको अपराजित यात्रा कायम गरेको छ, जुन क्लबको इतिहासकै लामो हो।
- ओलिवर ग्लास्नरको प्रशिक्षणमा रहेको क्रिस्टल प्यालेसले डाइनामो किभ विरुद्धको खेलमा जित हासिल गर्यो।
- प्रशिक्षक ग्लास्नरले टोली सफल हुन भोको र महत्वाकांक्षी रहेको बताए, र हरेक प्रतियोगितालाई महत्व दिने लक्ष्य राखेका छन्।
काठमाडौँ । क्रिस्टल प्यालेसले आफ्नो १२० वर्षको इतिहासमा सबैभन्दा लामो, लगातार १९ खेलको अपराजित यात्रा कायम गरेको छ। गत वर्ष प्रिमियर लिगमा १८औँ स्थानमा रहेर जितविहीन रहेको टोली अहिले एफए कप विजेता बनिसकेको छ।
ओलिवर ग्लास्नरको प्रशिक्षणमा रहेको 'द ईगल्स' ले युरोपा कन्फरेन्स लिगमा डाइनामो किभविरुद्ध अवे खेलमा पहिलो जित निकाल्दै यो कीर्तिमान बनाएको हो। यसअघि उनीहरूले लिभरपुलको सतप्रतिशत जितको यात्रामा पूर्णविराम लगाएका थिए।
प्यालेसले अप्रिल १६ पछि कुनै पनि खेल हारेको छैन। उनीहरू तीन जित र तीन बराबरीसहित अपराजित रहेर प्रिमियर लिगमा तेस्रो स्थानमा छन्।
डाइनामो किभविरुद्धको खेलमा ड्यानियल मुनोज र एडी एन्केतियाको गोलपछि बोर्ना सोसाले रातो कार्ड पाए पनि प्यालेसले समूह चरणको पहिलो युरोपेली खेलमा उत्कृष्ट प्रदर्शन गर्यो।
प्रशिक्षक ग्लास्नरले आफ्नो टोली 'सफल हुनका लागि धेरै भोको र महत्त्वाकाङ्क्षी' रहेको बताएका छन्। उनले हरेक प्रतियोगितालाई उत्तिकै महत्त्व दिँदै खेल-दर-खेल अगाडि बढ्ने लक्ष्य रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण