चालकहरूलाई नागढुंगामा प्रहरीको आग्रह– पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला
शनिबार, १८ असोज २०८२, ०९ : ०५
सारांश
- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी चालकलाई फर्किन आग्रह गरेको छ।
- धादिङका विभिन्न स्थानमा पहिरो गएकाले तत्काल हटाउन नसकिने अवस्था छ।
- नागढुंगामा माइकिङ गर्दै प्रहरीले वर्षाको कारण पहिरो पन्छाउन समय लाग्ने जनाएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ ।
धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो ।
अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण