कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
शनिबार, १८ असोज २०८२, १२ : ४६
सारांश
- गए रातिदेखि परेको वर्षाले कोहिनुर हाउजिङ नजिकै करखुसी खोलामा बाढी आएको छ र सडक कटान गरेको छ।
- काठमाडौँ महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकै पहिरो गएर सडक भासिएको हो।
- क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले नदी कटान रोक्ने प्रयास गरिरहेका छन्।
काठमाडौँ । गए रातिदेखि निरन्तर वर्षापछि कोहिनुर हाउजिङ नजिकै करखुसी खोला आएको बाढीले सडक कटान गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो।
उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेपछि थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण